प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

 माघ १०, २०७७ शनिबार १२:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चौंथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले जितका लागि ६३ रनको लक्ष्य पाएको छ ।

सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै ६२ रन मात्र बनायो । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिए । यस्तै अनिल खरेल र विक्रम भुसालले दुई/दुई तथा सन्दीप सुनार र दीपेन्द्र रावतले एक/एक विकेट लिए ।

समूह 'बी’ मा रहेको लुम्बिनी दुई खेलमा दुई अङ्क जोडेर तेस्रो स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश नं २ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी पुलिस क्लबसँग ७४ रनले पराजित भएको थियो । यस्तै सुदूरपश्चिम अहिलेसम्म दुई खेलमै पराजित भइ अङ्कबिहीन अवस्थामा छ ।

सुदूरपश्चिम पहिलो खेलमा वाग्मती प्रदेशसँग १८० रनले तथा दोस्रो खेलमा पुलिस क्लबसँग नौ विकेटले पराजित भएको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया