मेयर कप क्रिकेट प्रतियोगिता आयोजनाकाे लागि  महानगरले क्यानलाई ५० लाख दिने

 माघ २१, २०७७ बुधबार ६:४३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरले नेपाल क्रिकेट संघ (क्यान)लाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएकाे छ ।

पहिलो संस्करणको काठमाण्डाै मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजनाकाे लागि  महानगरले क्यानलाई रकम उपलब्ध गराउने भएको हाे ।

क्यानले प्रतियोगिता आयोजनाको लागि मंगलबार काठमाण्डाै महानगरपालिकासँग सम्झौता गरेको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्द र काठमाण्डाै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार क्यानले आगामी चैतको मसान्त भित्र प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगिता कीर्तिपुरमा रहेकाे टीयू मैदानमा हुने जनाइएकाे छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया