आईपीएल क्रिकेटमा हैदराबादले पञ्जाब किङ्ग्सलाई ९ विकेटले हरायाे

 बैशाख ८, २०७८ बुधबार १९:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधवारकाे पहिलो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । चेन्नईमा भएको खेलमा हैदराबादले पञ्जाब किङ्ग्सलाई नाै विकेटले हरायो ।

पञ्जाबले दिएको एक सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८ ओभर चार बलमा मात्रै एक विकेट गुमाएर भेटायो । हैदराबादका लागि जोनी बेयर्स्टाेले अविजित ६३ रन बनाए  ।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले १९ ओभर चार बलमा अलआउट हुँदै एक सय २० रन बनाएको थियो । पञ्जाबलाई कम याेगफलमै राेक्न हैदराबादका खलील अहमदले तीन र अभिषेक शर्माले एक विकेट लिए । याे जितसँगै हैदरावाद अङ्क तालिकाकाे पाँचौँ स्थानमा उक्लिएको भने पञ्जाब पुछारमा झरेको छ ।

आईपीएलमै अहिले कोलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेलिरहेका छन् ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया