आईपीएल : रोमाञ्चक खेलमा चेन्नईले कोलकातालाई हरायो

 बैशाख ९, २०७८ बिहिबार ६:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधवार राति भएको राेमाञ्चक खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।  

चेन्नईले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको कोलकाताले १२ ओभर १ बलमा अलआउट हुँदै दुई सय दुई रनमात्र बनाउन सक्यो । कोलकाताका लागि प्याट कमिन्सले ३४ बलमा अविजित ६६ रन बनाए । त्यस्तै आन्द्रे रसेलले २२ बलमा ५४ रन र दिनेश कार्तिकले २४ बलमा ४० रन बनाए । तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा पनि कोलकाता पराजित भयो । 

चेन्नई सुपर किङ्ग्सका लागि दीपक चाहर एक्लैले चार विकेट लिए । त्यस्तै लुङ्गी एन्गिडीले तीन र साम करनले एक विकेट लिए । 

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा दुई सय २० रन बनायो । चेन्नईका लागि फाफ डु प्लेसीले ६० बलमा अविजित ९५ रन बनाए । त्यस्तै रुतुराज गायकवाडले ६४ रनको योगदान गरे । 

५ ओभर २ बलमा बोर्डमा ३१ रन हुँदा पाँच विकेट गुमाइसकेको अवस्थामा कोलकाताका लागि आन्द्रे रसेलले दिनेश कार्तिकले छैटौँ विकेटका लागि १ रनको पार्टनरशिप गर्दै खेलमा फर्किन प्रयास गरेका थिए । ११ ओभर २ बलमा रसेल आउट भए ।

त्यसपछि क्रिजमा आएका कमिन्स र कार्तिकले सातौँ विकेटका लागि ३४ रनको साझेदारी गरे । १४ ओभर ६ बलमा कार्तिक आउट भए । त्यसपछि क्रिजमा आएका कमलेश नगरकोटीसँग प्याट कमिन्सले आठौँ विकेटका लागि ३० रनको साझेदारी गरे । १६ ओभर २ बलमा नगरकोटी आउट भए । त्यसपछि क्रिजमा आएका वरुण चक्रवर्तीसँग कमिन्सले २४ रनको साझेदारी गरे । १८ ओभर ३ बलमा चक्रवर्ती आउट भएपछि कोलकाता खेलमा फर्किन सकेन ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया