रोल्पामा वैशाख २२ देखि जेठ ५ गतेसम्म निषेधाज्ञा

 बैशाख २०, २०७८ सोमबार २०:१४:४५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – कोरोना भाइरस सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि रोल्पामा दुई हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को साेमवार (आज) बसेको बैठकले यही वैशाख २२ गते बुधवारदेखि आउँदाे जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । 

सरकारले पहाडी जिल्लामा दुई सय सङ्क्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको छ तर समुदायस्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा लगाइने भएकाे रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । कसैलाई जिल्ला छोड्नुपर्ने वा अर्काे ठाउँ जानुपर्ने भए २४ घण्टाभित्र जान समय दिइएको पनि प्रजिअ सापकोटाले जानकारी दिनुभयो ।

रोल्पामा अहिलेसम्म ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् । गङ्गादेव गाउँपालिकामा ५० बढी सङ्क्रमित भेटिएको र एक जनाको ज्यान गएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया