श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृंखला बंगलादेशलाई

 जेठ १२, २०७८ बुधबार ६:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  घरेलु टिम बंगलादेशले श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृंखला जितेको छ । ढाकामा भएको दोस्रो खेलमा श्रीलंकालाई डकवर्थ लुइसका आधारमा १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै एक खेल अगावै बंगलादेशले श्रृंखला जितेको हो ।

श्रीलंकाले २ सय ४७ रनको लक्ष्य पछ्याइरहँदा पानी परे पछि खेल प्रभावित भएको थियो । वर्षाले खेल रोकिएपछि डकवर्थ लुइसका आधारमा श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो । तर, उसले ४० ओभरमा ९ विकेट गुमाएर मात्र १४१ रन बनाउन सक्यो । पहिलो खेलमा पनि बंगलादेश ३३ रनले विजयी भएको थियो । तेस्रो खेल भने पर्सि हुनेछ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया