खोप लगाउन नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाद्वारा विरोध प्रदर्शन

 भदौ १५, २०७८ मंगलबार ११:३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको भन्दै काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । घण्टौँ लाइनमा बस्दा पनि खोप लगाउन नपाएको भन्दै उनीहरुले विरोध गरेका छन् ।

उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप दिन पनि माग गरेका छन् ।  अस्पतालले खोपका लागि टोकन दिए पनि खोप नपाए पछि टोकनसहित युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले केही दिनयता खोपको लागि धाइरहँदा पनि खोप नपाएको गुनासो गरेका छन् । रोजगारदाता देशहरुले खोपलाई अनिवार्य गरे पनि सरकारले कामका लागि विदेश जानेहरुका लागि बेवास्ता गर्दै आएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया