नेपालले अमेरिकालाई ५ विकेटले हरायो, कुशल भुर्तेलले ८४ रन बनाउँदा रोहित पौडेलको अर्धशतक

 भदौ २८, २०७८ मंगलबार ०:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई पाँच विकेटले हराएको छ ।

अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए  ।

बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई-दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै दुई सय ३० रन बनायाे । 

अमेरिकाका लागि माेनान्क पटेलले शतकीय पारी खेले । एक सय १४ बल खेलेका पटेलले एक छक्का र नाै चाैकाकाे मद्दतमा एक सय रन बनाएर आउट भए । 

बलिङतर्फ नेपालका विक्रम साेब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए ।  

लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडर नेपाल छैटाैँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

नेपालले दोस्रो खेलमा भोलि मङ्गलवार ओमानसँग खेल्नेछ । यस्तै तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया