आईपीएल क्रिकेटमा बेङ्ग्लाेर विजयी, मुम्बई ५४ रनले पराजित

 असोज ११, २०७८ सोमबार ७:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्ज बेङ्ग्लाेर ५४ रनले विजयी भएको छ ।

गएराति दुबईमा भएको खेलमा बेङ्ग्लाेरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो । बेङ्ग्लाेरले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रन बनाए । यस्तै, क्विन्टन डी ककले २४ रन बनाउनु बाहेक अरुले दोहोर अङ्क जोड्न सकेनन् । बेङ्ग्लाेरका हर्सल पटेलले ४ विकेट लिए भने युजभेन्द्र चाहलले ३,  ग्लेन म्याक्सवेलले २ र मोहम्मद सिरजले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । बेङ्ग्लाेरका ग्लेन म्याक्सवेलले र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । म्याक्सवेलले ५६ रन तथा  कोहलीले ५१ रनको योगदान गरे ।

यस्तै,  श्रीकर भारतले ३२ र एबी डी भिलियर्सले ११ रन बनाए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । जितसँगै बेङ्ग्लाेरले १० खेलमा १२ अङ्क जोडेको छ । बेङ्ग्लाेर तेस्रो स्थानमा छ । मुम्बई ८ अङ्क जोडेर सातौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया