वेस्ट इन्डिजसँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा भारत ६ विकेटले विजयी

 माघ २३, २०७८ आइतबार २०:२२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इन्डिजसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट भारतले ६ विकेटले जितेको छ । 

अहमदाबादमा एक सय ७७ रनको लक्ष्य भारतले २८ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍याे । भारतका लागि कप्तान रोहित शर्माले ६० रन बनाए । विराट कोहली आठ रनमै आउट भए । यस्तै इशान किशन २८ र रिषभ पन्त ११ रनमा आउट भए । सूर्यकुमार यादव ३४ र दीपक हुडा २६ रनमा नटआउट रहे  । वेस्ट इन्डिजका अल्जारी जोसेफले दुई र अकिल होसिनले एक विकेट लिए ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर पाँच बलमा अलआउट हुँदै एक सय ७६ रन मात्रै बनायो । उसका लागि ज्यासन होल्डरले सर्वाधिक ५७ रन बनाए । भारतका यजुवेन्द्र चहालले चार, वाशिङ्टन सुन्दरले तीन, प्रसिद्ध कृष्णले दुई र मोहम्मद सिराजले एक विकेट लिए । 

भारतले आज आफ्नाे एक हजाराैँ एकदिवसीय क्रिकेट खेलेकाे हाे । भारत एक हजाराैँ एकदिवसीय क्रिकेट खेल्ने पहिलाे टाेली हाे । याे जितसँगे भारत ती खेलकाे शृङ्खलामा एक–शून्यले अघि भएकाे छ। 

तीन एकदिवसीय र तीन वटा टी–२० खेलको शृङ्खला खेल्न वेस्ट इन्डिज भारत भ्रमणमा रहेको छ । भारत भ्रमणअघि इङ्ग्ल्यान्डसँग भएको पाँच खेलको टी–२० शृङ्खला वेस्ट इन्डिजले जितेको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया