दीपेन्द्रसिंह ऐरी र वृत्य अरविन्दलाई पछि पार्दै श्रेयस अय्यर बने 'आईसीसी प्लेअर अफ द मन्थ'

 फागुन ३०, २०७८ सोमबार १६:३०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले महिनाकै उत्कृष्ट खेलाडी अर्थात् 'प्लेअर अप द मन्थ' को घोषणा गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीमा पुरुषतर्फ भारतका ब्याटर श्रेयस अय्यर र महिलातर्फ न्युजिल्यान्डकी अलराउन्डर अमिलेया केर परेका छन् । भोटिङका आधारमा अय्यर र केरले उपाधि जितेका हुन् । 

भfरतीय खेलाडी अय्यरले वेस्ट इन्डिजसँग्को एकदिवसीय र टी–२० तथा श्रीलङ्कासँगको शृङ्खलामा उत्कृष्ट ब्याटिङ गरेका थिए । यस्तै न्युजिल्यान्डकी अलराउन्डर केरले आईसीसी महिला क्रिकेट विश्व कपको अभ्यास शृङ्खलामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । 

आईसीसीले गएको बुधवार फेब्रुअरी महिनाको लागि उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । मनोनयनमा पुरुषतर्फ अय्यरसँगै नेपालका अलराउन्डर दीपेन्द्रसिंह  र यूएईका वृत्य अरविन्द परेका थिए । यस्तै मनोनयनमा महिलातर्फ केरसँगै भारतकी मिथाली राज र भारतकै अलराउन्डर दिप्ती शर्मा परेका थिए । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया