पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हरायाे

 साउन ४, २०७९ बुधबार ६:५३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराएको छ । चेस्टर ली स्ट्रीटमा गएराति भएको खेलमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३३ रन बनाएको थियो । जितका लागि ३ सय ३४ रनको लक्ष्य पाएको घरेलु टोली इंग्ल्याण्ड ४६ ओभर ५ बलमा २ सय ७२ रनमा अलआउट भयो । उसका जोय रुटले सर्वाधिक ८६ रन बनाए । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले यो खेलसँगै एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले यो खेलमा जम्मा ५ रन बनाए ।

यसअघि दक्षिण अफ्रिकाका रास्सी भन डर डुसेनले १ सय ३३ रनको शतकीय पारी खेलेपछि दक्षिण अफ्रिकाले ३ सय ३३ रन बनाएको थियो । उनको यो एकदिवसीय क्रिकेटमा तेस्रो र अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रदर्शन हो । इंग्ल्यान्डका लियम लिभिङस्टोनले सर्वाधिक दुई विकेट लिए । साम करन, बायडन कार्स र मोईन अलीले एक/एक विकेट लिए । जितसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।

दोस्रो एकदिवसीय शुक्रबार र तेस्रो एकदिवसीय खेल आइतबार हुनेछ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया