दलाल पुँजीलाई पोषेर देशमा समाजवाद सम्भव छैन : माधव नेपाल

 साउन ७, २०७९ शनिबार १३:३९:५८ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोषेर देशमा समाजवाद आउन नसक्ने दाबी गर्नुभएको छ । 

शनिवार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  उहाँले दलाल पुँजीलाई पोषेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रबर्द्धन सम्भव नहुने बताउनु भयो । उहाँले देशको राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको भन्दै यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष नेपालले पुष्पलालबाट दिक्षित भएर नै नयाँ पार्टी खोलेको बताउनु भयो । उहाँले आफूले इतिहासका पानाहरु निर्माण गरेको र इतिहासमा नयाँ कीर्तिमान कायम गरेको उल्लेख गर्नुभयो ।

‘अहिले पनि हाम्रा सामु धेरै चुनौतीहरु छन् । तर डराउनुपर्ने अवस्था छैन । हामीले नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौँ । इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौँ । कसैले असम्भव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौँ । खास गरेर पुष्पलालबाट दिक्षित भएका हामीले नेकपा (एकीकृत समाजवादी) क्रान्तिकारी पार्टी खोलेका छौँ । जसले छुट्टै अस्तित्व देखाएको छ' उहाँले भन्नुभयो, 'अस्तित्व भनेको आफ्नै क्रान्तिकारी चरित्रको आधारमा नै अरुभन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ, इमान्दार राजनीतिको निम्ति, समर्पित राजनीतिको निम्ति देश र जनाताको निम्ति हामीले अग्रसरता लिनुपर्ने आवश्यक्ता छ । हाम्रो राजनीतिको केन्द्रबिन्दु देश र जनता हुनेछ । राजनीतिमा विकृतिहरु, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ । भ्रष्ट प्रवृति देखिरहेको छ । दलाल पुँजीलाई पोषेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्शान पुर्‍याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रबर्द्धन हुनेकुरा सम्भव छैन ।’

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया