उपभोक्ताको अहित हुने खालका कुनै पनि गतिविधि हुनुहुँदैन : प्रकाशमान सिंह

 साउन ७, २०७९ शनिबार १८:५२:२५ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवं पूर्वउप्रधानमन्त्री प्रकाशमान सिंहले आम उपभोक्ताहरुको अहित हुने खालका कुनै पनि गतिविधि हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भएको छ ।

नेपाल उपभोक्ता संरक्षण महासंघले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संविधानमा उपभोक्ताको अधिकारबारे मौलिक हकमै व्यवस्था गरेको उल्लेख गर्दै उनीहरुको अहित हुने कुनै पनि काम हुन नदिन सम्बन्धित पक्षहरु सचेत हुनुपर्ने समेत स्पष्ट पार्नु भयो । नेता सिंहले संविधानले व्यवस्था गरेको आम उपभोक्ताको अधिकारबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनु भयो ।

नेता सिंहले भन्नुभयो, ‘संविधानको भावना र मर्म अनुसार आम उपभोक्ताहरुलाई संरक्षण दिनुपर्ने अधिकारहरु के–के छन् ? भन्ने कुरा पहिले जानकारी राख्नु पर्दोरहेछ । अब इन्फरमेशन नै भएन भने गाह्रो हुन्छ । यो महासंघको माध्यमबाट उपभोक्ताहरुलाई आफ्नो अधिकारको बारेमा जानकारी गराउनु पर्दछ । अस्पतालमा होस् कि रेष्टुरेन्टहरुमा होस् । सपिङ मलहरुमा होस् कि अन्य ठाउँहरुमा । उपभोक्ताको अहित हुने काम गर्न नदिन उपभोक्ता अधिकार संघ सम्बन्धित संस्थासंस्थाहरुले ध्यान दिनु पर्दछ ।’

नेता सिंहले उपभोक्ताहरुलाई ठगिन नदिने गरी सूचना दिने व्यवस्था पनि मिलाउनुपर्ने बताउनु भयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया