राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा पुग्न नसकेका विद्यार्थीकाे परीक्षा जुम्लामै गर्न बाेर्डकाे अनुमति

 असोज २९, २०७९ शनिबार १६:५६:४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली राजमार्ग अवरुद्ध हुँदा कक्षा १२ को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा केन्द्र जुम्लामै कायम गरिएको छ । जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीको परीक्षा सडक अवरुद्ध भएर पुग्न नसकेपछि  जुम्लामै कायम गरिएको हो । परीक्षा भाेलि र पर्सि हुँदैछ ।

जुम्लामा गएकाे असोज १९ गतेदेखि परेकाे अविरल वर्षाका कारण आएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाई उडान अनियमित भएपछि विद्यार्थीको भविष्य अन्यौलमा नहोस् भन्दै प्रशासनले विकल्पका लागि राष्ट्रिय परीक्षा बाेर्डलाई विकल्पका लागि अनुरोध गरेको थियो । त्यही अनुसार विपतको समयमा नियन्त्रण कार्यालयले जुम्लामा स्विकृति दिएको जानकारी दिनुभयो ।  उहाँका अनुसार चन्दननाथ उच्च माध्यामिक विद्यालयमा ति विद्यार्थीको परीक्षा हुनेछ ।

यस्तै, लोकसेवा परीक्षार्थी र बिरामीलाई जहाजमा प्रथामिकता दिइएकाे छ । यसबेला लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामी सहितका अन्य विद्यार्थीलाई पठाइएको स्थानीय प्रशासनले पहल गरेको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताउनुभयो । परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा दुई सय ६ जनाको नाम लिष्ट गरिएको थियो । माैसमका कारण हवाइ उडान पनि अनियमित बनेकाे छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया