खुल्यो जुम्लाकाे कर्णाली राजमार्गकाे नाग्म – गमगडि सडक खण्ड

 कात्तिक ५, २०७९ शनिबार १६:५५:२९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली राजमार्गको नाग्म – गमगडि सडक खण्ड खुलेको छ । बाढी/पहिरोले अवरुद्ध भएको नाग्म – गमगडि सडक खण्ड पहिरो पन्छाएपछि खुलेको हो ।

सडक डिभिजन कार्यालय जुम्लाले नाग्म – गमगडि सडक खण्ड खुलाइएको जानकारी दिएको छ । सडक डिभिजन कार्यालयका प्रमुख राजिव श्रेष्ठका अनुसार ९३ किलोमिटरको राजमार्ग १५ दिनको काम पछि खुलाइएको हो ।

नाग्म – गमगडि सडक खण्डको हिमा गाउँपालिकामा सबैभन्दा बढी पहिरो गएको थियो । सव–इन्जिनियर गणेश भक्रीका अनुसार हिमा गाउँपालिकाको बाजागादेखि भूगोलपाटसम्म मात्रै करिब ८ किलोमिटर लामो पहिरो गएको थियो । पहिरो पन्छाएपछि सड्क खुलेको छ । उहाँका अनुसार नाग्म गमगडि राजमार्गको ९३ किलोमिटरमा  एक सय ५० ठाउँकाे पहिरो पन्छाइएको छ ।   

हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी तथा ताल्चामा खसेको कठिन पहिरो पनि पन्छाइएको हो ।

पहिरो पन्छाएकाे करिब १५ दिनपछि मोटरसाइकल गुडेको छ भने साँघुरो ठाउँमा तत्कालका लागि जाली हालेर गाडी गुडाउने तयारी भइरहेको छ । 

कर्णाली राजमार्गको जुम्ला नाग्म खण्ड र नाग्म – गमगडि सडक खण्ड पहिरो पन्छाएर खोलेपछि आन्तरिक यातायात सुचारु भएको छ । जुम्ला बजार देखी नाग्म र सिंजा क्षेत्रमा सडक खुलेपछि यातायात सुचारु हुने भएको छ । आन्तरिक यातायात सुचारु भएपछि बिरामी सजिलै अस्पताल आउन सक्ने भएका छन् । 

पहिरो पन्छाए पनि धेरै ठाउँमा अझै पहिरोको जोखिम रहेको छ । नाग्म – गमगडि सडक खण्डलाई विशेष प्याकेज बनाएर सडक पुन: निर्माणको बजेट विनियोजन गर्न आवश्यक रहेको स्थानीय सरकारको माग छ ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार धेरै स्थानमा सडक क्षति भएकाले स्वरुप नै बदलिएको छ । गुणस्तरीय र दिगो सडकका लागि सरकारले नाग्म – गमगडि सडक खण्डलाई प्रथामिकता दिन आवश्यक रहेको छ । .

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया