पीएम कपमा गण्डकीकाे विजयी सुरुवात

 कात्तिक १४, २०७९ सोमबार १६:३६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेकाे छ । कीर्तिपुर क्रिकेट मैदानमा आज साेमवार भएकाे खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराएकाे छ । 

गण्डकीले दिएकाे दुई सय नाै रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले ३२ ओभर ४ बलमा अलआउट हुँदै एक सय ३९ रनमात्र बनाउन सक्याे । उसका मिलन बाेहराले ५१ र गजेन्द्र बाेहराले ३५ रन बनाए । बलिङतर्फ गण्डकीका विपिन खत्रीले चार तथा सुवाश भण्डारी र अभिशेक बस्नेतले दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे गण्डकीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय आठ रन बनायाे । उसका अर्जुन कुमालले ६५ र समिर कँडेलले २६ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका कैलाश ऐर, नारायण जाेशी र शेर मल्लले दुई/दुई विकेट लिए ।

याे जितसँगै समूह 'ए' मा रहेकाे गण्डकी दुई अङ्कसहित शीर्ष स्थानमा छ । सुदूरपश्चिम भने पुछारमा छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया