प्रदेश १ ले बाग्मतीलाई ६९ रनले हरायाे, अङ्कितकाे शतक र सिद्धान्तकाे विस्फाेटक ब्याटिङ

 कात्तिक १५, २०७९ मंगलबार १७:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा प्रदेश १ ले बाग्मती प्रदेशलाई हराएको छ । आज मङ्गलवार त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा प्रदेश १ ले बाग्मतीलाई ६९ रनले हरायाे । 

प्रदेश १ ले दिएको तीन सय पाँच रनको लक्ष्य पछ्याएको बाग्मती ४५ ओभर ५ बलमा दुई सय ३५ रन बनाउँदा अलआउट भयो । उसका लागि नन्दन यादवले सर्वाधिक ४३ र इशान पाण्डेले ३५ रन बनाए । बलिङतर्फ प्रदेश १ का श्रवण यादवले तीन तथा फिरदोस अन्सारी, दीपक जोशी र सिद्धान्त लोहनीले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ का लागि अङ्कित सुवेदीले एक सय १० र सिद्धान्त लोहनीले ४० बलमा ७२ रन बनाए । बाग्मतीका रामनरेश गिरीले पाँच विकेट लिए ।

याे जितसँगै प्रदेश एक दुई अङ्कसहित समूह 'बी' को दोस्रो स्थानमा पुगेको छ । दुवै खेल हारेको बाग्मती पुछारमा छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया