इङ्ग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हरायाे

 कात्तिक १५, २०७९ मंगलबार १७:३२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा इङ्ग्ल्यान्डले न्युजिल्यान्डलाई हराएकाे छ । ब्रिसबेनमा आज मङ्गलवार भएकाे खेलमा इङ्ग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हरायाे । 

इङ्ग्ल्यान्डले दिएकाे एक सय ८० रनकाे लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५९ रनमात्रै बनाउन सक्याे । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका क्रिस वाेक्स र साम कुरनले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेकाे इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७९ रन बनायाे । उसका लागि जाेस बटलरले ७३ र एलेक्स हेल्सले ५२ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका लकी फर्गुसनले दुई विकेट लिए । 

याे जितसँगै इङ्ग्ल्यान्ड चार खेलमा पाँच अङ्कसहित समूह '१' काे तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । न्युजिल्यान्डकाे पनि उति नै अङ्क भए पनि नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया