भारतीय क्रिकेटरकाे तलब वार्षिक ७ कराेड भारुसम्म

 चैत १३, २०७९ सोमबार १७:२२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सन् २०२२/२३ का लागि पुरुष खेलाडीहरूको वार्षिक सम्झौता सार्वजनिक गरेको छ । सम्झौतामा कुन खेलाडी कुन ग्रेडमा हुने र कसले कति पैसा पाउने भन्ने कुरा उल्लेख छ । बीसीसीआईले गरेको सम्झौता अक्टोबर २०२२ र सेप्टेम्बर २०२३ सम्मको समयका लागि हो । 

सम्झौताअनुसार 'ए प्लस' श्रेणीका खेलाडीलाई वार्षिक ७ करोड, 'ए' श्रेणीका खेलाडीलाई ५ करोड, 'बी' श्रेणीका खेलाडीलाई ३ करोड र 'सी' श्रेणीका खेलाडीलाई १ करोड भारु दिइने छ । 'ए' प्लस ग्रेडमा रहेका रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह र रवीन्द्र जडेजाले वार्षिक ७ करोड भारु पाउँछन् ।

'ए' ग्रेडमा रहेका हार्दिक पान्ड्या, रवीचन्द्रन अश्विन, मोहम्मद शामी, ऋषभ पन्त  र अक्षर पटेलले ५ करोड भारु तलब पाउनेछन् । यस्तै 'बी' ग्रेडमा रहेका चेतेश्वर पुजारा, केएल राहुल, श्रेयस अय्यर, मोहम्मद सिराज, सूर्यकुमार यादव र शुभमन गिलले ३ करोड भारु तलब पाउँछन् । 

'सी' ग्रेडमा रहेका उमेश यादव, शिखर धवन, शार्दुल ठाकुर, इशान किसन, दीपक हुडा, यजुवेन्द्र चहल, कुलदीप यादव, वाशिङ्टन सुन्दर, सन्जु सामसन, अर्शदीप सिंह र केएस भरतले वार्षिक १ करोड भारु तलब पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया