महाकाली नदीमा पानीको सतह खतराको तह नजिक, कर्णाली, नारायणी र बबईमा पनि जोखिम

 साउन २९, २०८० सोमबार ९:४३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महाकाली नदीमा पानीको सतह खतराको तह नजिक पुग्न लागेको छ । डडेलधुरा क्षेत्रको महाकाली नदीमा पानीको बहाव अहिले ६ दशमलव ८४ मिटर पुगेको छ । सात मिटर पुगेमा खतराको तह मानिन्छ ।

यस्तै, कर्णाली नदीमा पानीको बहाव बढ्दो छ । सुर्खेतको कर्णाली नदीमा अहिले पानीको बहाव ७ दशमलव ६९ मिटर पुगेको छ । निरन्तर वर्षा भइरहेकाले कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ ।  कर्णालीमा पानीको सतह ८ मिटर पुगेमा खतरा तह मानिन्छ ।

यस्तै, बर्दियाको बबई नदीमा पानीको बहाव ७ दशमलव १६ मिटर पुगेको छ ।  त्यहाँ पानीको सतह ८ मिटर पुगे खतराको तहमा पुग्छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

यसैबीच, कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन् ।

यस्तै, चितवनमा पनि  नारायणी नदीको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । नारायणी नदीमा पानीको बहाव ७ दशमलव ३५ मिटर पुगेको छ । त्यहाँ पानीको सतह ९ मिटर पुगे खतरा मानिन्छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया