पाेखरामा कारले स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजका २ जना विद्यार्थीकाे ज्यान गयाे

 मंसिर २४, २०८० आइतबार २०:३६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गएकाे छ ।

दुर्घटनामा पोखरा महानगरपालिका–२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा–५ जिरो किमीकी २४ वर्षीया भावना बरालको ज्यान गएकाे कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी हुन् ।

आज आइतवार पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरी बजारकाे पृथ्वी राजमार्गमा ठक्कर दिएकाे थियो । प्रहरीले कारका चालक मानबहादुर बानियाँलाई पक्राउ गरेका थियाे ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया