दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको ज्यान गयो

 मंसिर ३०, २०८० शनिबार ११:३६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको ज्यान गएको छ ।

तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई गएराति घोराही–१० झारबैरा चोकमा ठक्कर दिएको हाे ।

ठक्करबाट घाइते भएका प्युठानको झिमरुक गाउँपालिका–४ बाङ्गे बस्ने १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–लुङका १८ वर्षका सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

टिपर चालक रोल्पा रुन्टीगढी–९ का २६ वर्षका ईश्वर बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया