अन्तिम टी–२० मा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान क्लिन स्वीप हुनबाट जोगियो

 माघ ७, २०८० आइतबार १२:४०:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानले अन्तिम तथा पाँचौँ टी–२० मा घरेलु टोली न्युजिल्यान्डलाई ४२ रनले हराएको छ । जितसँगै पाहुना टोली पाकिस्तान शृङ्खलामा क्लिन स्वीप हुनबाट जोगिएको छ । शृङ्खला न्युजिल्यान्डले ४–१ ले जित्यो ।

आज क्राइस्टचर्चमा भएको अन्तिम खेलमा जितका लागि १ सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७ ओभर २ बलमा ९२ रनमा अलआउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक २६ रन बनाए । त्यस्तै, फिन एलेनले २२ रन जोड्नुबाहेक अरुले राम्रो खेल्न सकेनन् ।

पाकिस्तानका इफ्तिखर अहमदले ३ विकेट लिए । शाहिन शाह अफ्रिदी र मोहम्मद नवाजले समान २/२ तथा जमान खान र उस्मा मिरले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३८ रन बनाए ।

न्युजिल्यान्डका टिम साउदी, म्याट हेनरी, लोकी फर्गुसन र ईश सोधीले समान २/२ विकेट लिएका थिए । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया