रामेछापमा दुई महिनाका लागि निषेधाज्ञा जारी

 माघ १५, २०८० सोमबार १३:३२:४४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापमा दुई महिनाका लागि निषेधाज्ञा जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी अनीता निरौलाले हचुवाका भरमा रामेछापको सदरमुकाम मन्थलीमा हिजोदेखि लागू हुने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गर्नुभएको हो । उहाँले जिल्ला सुरक्षा समिति रामेछापको सिफारिसको आधारमा स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ बमोजिम निषेधाज्ञा जारी गरेको बताउनु भएको छ ।

निषेधाज्ञामा मन्थलीबजारमा रहेकाे राष्ट्रिय वाणिज्य बैङ्कदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषिविकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा दुई महिनासम्मका लागि कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको छ ।

प्रशासनले हचुवाको भरमा निषेधाज्ञा जारी गरेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ । प्रशासनले निकालेको निषेधाज्ञाको सूचनामा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम ,झैझगडा, मुठभेड एवं भिडन्त भइ शान्ति सुरक्षा भङ्ग गर्न नपाइने उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया