फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता...
जेठ ३, २०८१ बिहिबार
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु प्रकरणमा राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाउनुभएको छ । राष्ट्रपति बाइडेनले विपक्षी राजनीतिज्ञको मृत्युको खबरपछि भ्लादिमिर पुटिन जिम्मेवार रहेको टिप्पणी गर्नुभएको हो ।
पुटिनका प्रवक्ताले नाभाल्नीको मृत्युको कारण खोजी गरिरहेको जनाएको छ तर थप जानकारी दिएको छैन । नाभाल्नीको हिजो मृत्यु भएको खबर सार्वजनिक भएसँगै शोक मनाउन शुभचिन्तकहरू रुसी दूतावास बाहिर भेला भएका छन् । उनीहरूले रुसी राष्ट्रपति पुटिनको आलोचना गरेका बीबीसीले जनाएको छ ।
विभिन्न आरोपमा सन् २०२१ मा जेल सजाय भएका पुटिनका कट्टर आलोचक ४७ वर्षका नाभाल्नीको जेलमा नै निधन भएको कारागार प्रशासनले जनाएको छ । कतिपयले नाभाल्नीमाथि लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका थिए ।
सन् २०२० मा नाभाल्नीलाई स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो । साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उहाँ बिरामी पर्नुभएको थियो । त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउ पर्नुभएका नाभाल्नी त्यसयता जेलमै हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।