पाकिस्तानले महिलाहरूका लागि समान र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने

 फागुन २६, २०८० शनिबार १८:२९:३५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानले महिलाहरूका लागि समान र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने दाबी गरेको छ । प्रधानमन्त्री शाहबाज शरिफले सरकारले महिलालाई शिक्षा र रोजगारीका लागि समान अवसर प्रदान गर्नका लागि कदम चाल्ने बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

महिलाहरूको संरक्षण, शिक्षा र प्रगतिको समान अवसरहरूका लागि सरकारले व्यापक काम गर्ने उहाँको भनाइ छ । महिलाको रचनात्मक भूमिकाविना मानव समाजमा प्रगति सम्भव नभएको कुरा सरकारले राम्ररी बुझेको पनि प्रधानमन्त्री शरिफले बताउनुभएको खबरमा उल्लेख छ ।

महिलाहरूका लागि समान अधिकार सुनिश्चित गर्न र उनीहरूको सुरक्षाका लागि विगतमा बनेका कानुनको पूर्ण कार्यान्वयन गर्ने र नयाँ कानुन पनि निर्माण गर्ने सरकारको तयारी छ । अब महिलाहरूलाई राष्ट्रिय मूलधारमा समावेश गर्न कुनै कसर बाँकी नराख्ने सरकारले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया