सहकारीपीडितको माग सम्बोधन गर्न मानवअधिकार आयोगको आग्रह

 चैत ७, २०८० बुधबार ९:६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय मानवअधिकार आयोगले सहकारीपीडित बचतकर्ताको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारलाई संरक्षण गर्न र अध्ययन समितिले गएको भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको प्रतिवेदनको तत्काल कार्यान्वयन गरी पीडित बचतकर्ताको माग सम्बोधन गर्न आयोगले आग्रह गरेको हो ।

सहकारीपीडित बचतकर्ताले काठमाण्डौमा आन्दोलन गर्दै आएका छन् । गएको चैत १ गते शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोगले केही प्रदर्शनकारी घाइते भएको अवस्थाप्रति आयोगले ध्यानाकर्षण भएको समेत जनाएको छ ।

सहकारीपीडितको  प्रदर्शन, सुन्धारामा भएको र्‍याली तथा भृकुटीमण्डपमा गरिएको कोणसभाको आयोगले अनुगमन गरेको आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिनुभयो । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीलगायत केही व्यक्तिलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको आयोगमा उजुरी समेत दर्ता भएको छ ।

अभियानका अध्यक्ष केसी गएको चैत १ गतेदेखि अनशनमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्थालाई ध्यान दिन, वार्ता र सम्वादको माध्यमबाट सहकारीपीडितको समस्याको समाधान गर्न आग्रह गरेको छ । 


 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया