होलीलाई मर्यादित बनाउन काठमाण्डौ प्रशासनको आग्रह

 चैत ७, २०८० बुधबार ९:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सूचना निकालेर होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसरमा शान्तिसुरक्षामा असर पर्नेगरी सार्वजनिक ठाउँमा होहल्ला एवम् झै–झगडा गर्ने, जाँडरक्सी खाएर पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छाविपरीत रङ एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने कार्य नगर्न सबैमा अनुरोध गरेको छ ।

पछिल्लो समय फागु पूर्णिमामा अनावश्यक तडकभडकसहितका विभिन्न खर्चिला/भड्किला कार्यक्रम हुने गरेको भन्दै काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने विषयलाई व्यवस्थित र नियमन गरेकाेतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।

यसवर्षको होली काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आउँदो आइतबार र तराई/मधेशमा सोमवार मनाईदैछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया