उपकुलपतिकाे नियुक्ति प्रक्रियाबाट भए पनि अझै पूर्ण भइसकेको छैन : प्रधानमन्त्री

 बैशाख ३, २०८१ सोमबार १८:२२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति योग्यताका आधारमा भए पनि अझै पूर्ण रूपबाट भने नभइसकेको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपति नियुक्त गरेको भन्दै धन्यवाद व्यक्त गर्न पुगेका प्राज्ञिक समूहसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले सबै प्राज्ञिक संस्थाहरूमा राजनीतिक हस्तक्षेप अतिक्रमण रोक्नका लागि प्राज्ञिक समूहले गराएको ध्यानाकर्षण महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले यसको पहल आफूले शुरु गरेको भन्दै अब योग्यताका आधारमा विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारीको नियुक्ति नभए शैक्षिक क्षेत्रको सुधार हुन नसक्ने जिकिर गर्नुभयो ।

प्राध्यापक एवम् प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिस्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डलाई सामूहिकरूपमा धन्यवाद व्यक्त गरेका छन् । भेटमा प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्रीको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु महत्त्वपूर्ण कुरा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको सोच र अडानबाट खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त भएको छ । यो राम्रो नजिर हो । तपाईँलाई हार्दिक धन्यवाद छ ।’ छलफलमा माथेमाले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबन्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया