मेलिना राईले ताेडिन् सञ्जीवसँगकाे इन्गेजमेन्ट

 साउन २०, २०७९ शुक्रबार १७:३७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगकाे इन्गेजमेन्ट ताेडिएकाे बताएकी छिन् । आज शुक्रवार सामाजिक सञ्जालमार्फत गायिका राईले याे जानकारी दिएकी हुन् । 

आफू र प्रेमी बराइलीबीच इन्गेजमेन्ट भएर भविष्यमा सँगै जीवन बिताउने निर्णय गरिए पनि पछि मतभेद देखिन थालेकाे मेलिना राईले बताएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, केही समय अगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । तर हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा, आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । 

यस्तै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने तर्क गरेकी छिन् । आजकै मितिदेखि आफू र प्रेमी रसाइलीबीचकाे इन्गेजमेन्ट ताेडिएकाे गायिका राईले फेसबुकमा लेखेकी छिन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया