पैसा सापटीको पीडा गीतमा

 फागुन १८, २०७९ बिहिबार ११:५९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समस्यामा पर्नेहरुलाई पैसा सापटी दिएर उल्टै समस्या भोग्नेहरुको पीडा समेटिएको गीत सार्वजनिक भएकोे छ ।

गायक बद्री पंगेनीले यस्तै पीडा भोगेका आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएर नयाँ गीत ल्याउनुभएको हो ।  ‘पैसा सापटी’ बोलको म्युजिक भिडिओको पैसा सापटी लिनुभन्दा अघि र लिएपछिको अवस्थालाई चित्रण गरिएको छ ।

अनेक बहाना र समस्या देखाएर पैसा सापटी लिने, तर पैसा हात परेपछि दुःख दिनेहरुको चरित्र गीतमा उतारिएको छ । गीतमा पैसा सापटी दिएका कारण सम्बन्ध बिग्रिएको र पैसा सापटी दिनेहरु नै प्रहरी फन्दामा परेको घटना देखाइएको छ । पंगेनीको आफ्नै शब्द र संगीतमा रहेको यो गीतमा गायिका रचना रिमालले साथ दिएकी छिन् ।

भिडियाे हेर्नुहाेस् :

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया