नेभिगेशन
शुक्रबार, असोज २, २०८३

मध्यपूर्वमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको चिन्ता, तत्काल वार्ता तथा कुटनीतिको बाटोमा फर्कन आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व क्षेत्रमा भइरहेको निरन्तरको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले यसबारे जानकारी गराउनु भएको छ ।

प्रवक्ता दुजारिककाअनुसार महासचिव गुटेरेसले तनावमा संलग्न सबै पक्षहरूलाई तत्काल उत्तेजना कम गर्ने कदम चाल्न र वार्ता तथा कुटनीतिको बाटोमा फर्कन आह्वान गर्नुभएको छ ।

यसैगरी, महासचिवले हर्मुज जलसन्धि र त्यस आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय जलयान सञ्चालनको अधिकार र स्वतन्त्रतालाई पूर्ण रूपमा पुनःस्थापना गर्न आफ्नो माग पुनः दोहो¥याउनुभएको छ । अन्तर्राष्ट्रिय कानून बमोजिम जलयान सञ्चालनको अधिकार र स्वतन्त्रताको सबै पक्षले सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

अमेरिका र इरानबीच बढ्दो असमझदारी र मध्यपूर्वमा विकसित पछिल्लो सैन्य गतिविधिलाई लिएर राष्ट्रसंघले संयमता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति:
थप विश्व