नेभिगेशन

कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १८८ पुग्यो

कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १८८ पुगेको छ ।

कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट एक हजार ६ सय ७७ जना घाइते भएका छन् ।

सबैभन्दा धेरै क्याली शहरमा ९५ अनि परेरामा ७९ जनाको ज्यान गएको तथ्याङ्क छ । प्रभावित क्षेत्रमा भग्नावशेष र भवनमा फसेकाहरुको खोजी तथा उद्धार र क्षतिको मूल्याङ्कन गर्ने कार्य निरन्तर भइरहेको छ ।

एक हजार १०० भन्दा धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ८ हजार भन्दा धेरै घरमा क्षति पुगेको छ । पेरेरा र क्यालीजस्ता शहरमा धेरै मानिस घरबाहिरै रात बिताउन बाध्य छन् ।

अनि प्रशासनले लुटपाटको सम्भावित जोखिमलाई रोक्न त्यस क्षेत्रमा कर्फ्यू समेत लगाएको बीबीसीले जनाएको छ ।
 

प्रकाशित मिति:
थप विश्व