नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

भारतको पूर्वी हिमालय क्षेत्रमा भ्यागुताका ५ नयाँ प्रजाति फेला परे

वैज्ञानिकहरूले भारतको पूर्वी हिमालय क्षेत्रमा साना सिङ भएका भ्यागुताका पाँच वटा नयाँ प्रजाति पत्ता लगाएका छन् । योसँगै यस समूहमा थाहा भएका प्रजातिहरूको सङ्ख्या ११ पुगेको छ ।

दिल्ली विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले पाँच वर्षको स्थलगत अनुसन्धानपछि यी भ्यागुताहरूलाई ‘जिङ्गोफ्रिस’ समूहका सदस्यका रूपमा पहिचान गर्दै यी खोजहरू गरेका बीबीसीले जनाएको छ ।

तिनीहरूमध्ये ’जिङ्गोफ्रिस टानोगोगो’ अर्थात् शङ्खेकिरा खाने सिङ भएको भ्यागुतो पनि पर्छ । यो भारतमा फेला परेको शङ्खेकिरा खाने पहिलो भ्यागुतो हो र यसको प्रजाति समूहमा शङ्खेकिरा खाने पहिलो सदस्यका रूपमा अभिलेख गरिएको खबरमा उल्लेख छ ।

हिमालय क्षेत्रले भ्यागुताको विकासमा पहिले सोचेको भन्दा धेरै ठूलो भूमिका खेलेको देखाएको छ र यस क्षेत्रलाई जैविक विविधताका लागि बेवास्ता गरिएको ‘हटस्पट’ को रूपमा उजागर गरेको अनुसन्धानले देखाएको छ ।

उष्णकटिबन्धीय अर्थात् पृथ्वीको भूमध्यरेखा वरपरको अत्यन्तै तातो र आर्द्र हावापानी भएको क्षेत्रदेखि उच्च पर्वतीय घाँसे मैदानसम्म फैलिएको हिमालय क्षेत्र विश्वका सबैभन्दा धनी जैविक विविधता भएका क्षेत्रहरूमध्ये एक हो ।

यस क्षेत्रले वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको ध्यान आकर्षित गरे पनि यहाँका धेरै भागहरूको पूर्णरूपमा अन्वेषण भएको छैन ।
विशेषगरी अरुणाचल प्रदेश राज्य यसका सबैभन्दा कम अध्ययन गरिएका क्षेत्रहरूमध्ये एकका रूपमा देखा परेको छ ।

प्रकाशित मिति:
थप विश्व