नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

बेलायतका विद्यालयमा स्मार्टफोन पूर्ण प्रतिबन्ध लगाउने तयारी

बेलायतमा आउँदो वर्ष सन् २०२७ को सेप्टेम्बर महिनादेखि लागू हुने कडा सरकारी निर्देशिकाअनुसार बालबालिकाहरूले विद्यालय समयभरि आफूसँग मोबाइल फोन राख्न नपाउने भएका छन् ।

केही विद्यालयहरूमा बालबालिकाहरूलाई आफ्ना फोनहरू झोलामा राख्न दिइन्छ, तर ती फोनहरू देखिनु वा सुनिने हुनु हुँदैन ।

गएको जुन महिनादेखि लागू भएका निर्देशिकाअनुसार विद्यालय समयमा फोनको प्रयोग नहुने वातावरण सुनिश्चित गर्नु विद्यालय र तिनलाई सञ्चालन गर्ने ट्रस्टहरूको कानूनी जिम्मेवारी हो ।

सरकारका अनुसार फोनको पहुँचले बालबालिकाहरूको ध्यान पढाइबाट हटाउन सक्छ र उनीहरूलाई एकअर्काबाट टाढा बनाउन सक्छ ।

यी नियमहरू कसरी लागू गर्ने भन्ने कुरा विद्यालयहरूले आफैँ निर्णय गर्न सक्नेछन् । केही विद्यालयहरूले फोन राख्नका लागि ताल्चा लगाउन मिल्ने थैली वा सुरक्षित लकरहरूको प्रयोग गरिरहेका बीबीसीले जनाएको छ ।

यस्तै अन्य धेरै विद्यालयहरूले दिनको शुरुआतमा फोनहरू जम्मा गर्ने वा विद्यालयमा फोन ल्याउन पूर्णरूपमा निषेध गर्दै आएका छन् ।

बेलायतका विभिन्न भागहरूमा शिक्षासम्बन्धी निर्णयहरू त्यहाँका सरकारले गर्ने हुँदा मोबाइल फोनसम्बन्धी नियमहरू पनि फरक–फरक छन् ।

प्रकाशित मिति:
थप विश्व