नेभिगेशन
मंगलबार, कात्तिक २४, २०८३

अमेरिकी रक्षामन्त्री पीटविरुद्ध उहाँकै दलका सांसदबाट महाअभियोगको प्रक्रिया

काठमाण्डौ - अमेरिकामा रिपब्लिकन एक सांसदले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजनासहित प्रक्रिया अघि बढाएका छन् ।

रक्षामन्त्री पीटले देशको संविधानको उल्लङ्घन गरेको सत्तारुढ दलका सांसद थोमस मासीको आरोप छ । तल्लो सदनमा मासीले औपचारिक रूपमा महाभियोगसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ ।

यो कदमसँगै सदनमा प्रस्तावमाथि कारबाही अघि बढाउन ४८ घण्टाको समय सीमा शुरु भएको छ । तर जनवरीसम्म संसदमा रिपब्लिकनकै नियन्त्रण रहने भएकाले महाअभियोगको प्रयास भने असफल हुने सम्भावना छ ।

सांसदहरूले यस प्रस्तावमाथि सिधै मतदान गर्न, यसलाई समितिमा पठाउने निर्णय गर्न वा यसलाई खारेज गर्न सक्छन् । मासीका अनुसार पछिल्लो कदमको उद्देश्य राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दबाव दिनु रहेको बीबीसीले जनाएको छ । पीटले आफूविरुद्धको महाभियोग प्रयासलाई खारेज गर्दै आफ्नो कामको बचाउ गर्नुभएको छ । 

प्रकाशित मिति:
थप विश्व