नेभिगेशन

कङ्गोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार नाघ्यो

लोकतान्त्रिक गणतन्त्र (डीआर) कङ्गोमा इबोला भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार नाघेको छ । कङ्गोमा ३ महिनाअघि इबोला भाइरसको प्रकोप घोषणा भएको थियो ।

पछिल्लो ३ हप्तामा कम्तीमा १ हजार जनाको ज्यान गएको र भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ । हिजोसम्म कङ्गोका ५ वटा प्रान्तमा ४ हजार ३८१ जनामा इबोला सङ्क्रमण पुष्टि भएकोमा २ हजार ११ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

यसैबीच अन्तर्राष्ट्रिय अधिकारीले कङ्गोमा इबोला सङ्क्रमणको महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पूर्वाधार सुदृढीकरण गर्न उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ । यो प्रयासलाई युनिसेफ, विश्व खाद्य कार्यक्रम लगायत मानवीय साझेदारसँगै त्यहाँको स्वास्थ्य मन्त्रालयले समर्थन गरेको छ ।

इबोला भाइरसबाट सर्ने एक प्रकारको रोग हो । उच्च मृत्युदर भएको यो रोगलाई रोक्न वा उपचार गर्न कुनै खोप वा विशेष उपचार स्वीकृत भएको छैन ।

प्रकाशित मिति:
थप विश्व