नेभिगेशन

सुरक्षा चुनौती बढेपछि ओपनएआईद्वारा उन्नत एआई प्रविधि परीक्षणको काम स्थगित

साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नै एआई एजेन्टले अनधिकृत रूपमा बाह्य प्रणालीमा पहुँच बनाएपछि च्याटजीपीटी निर्माता ओपनएआईले उन्नत एआई विकासको गति केही समयका लागि सुस्त बनाउने भएको छ ।

ओपनएआईले आफ्नो सबैभन्दा ठूलो एआई प्रशिक्षण प्रक्रिया तत्कालका लागि स्थगित गर्दै सुरक्षा परीक्षण, निगरानी र आन्तरिक नियन्त्रण थप कडा बनाउने जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार अघिल्लो महिना परीक्षणका क्रममा रहेको ओपनएआईको एउटा एआई एजेन्टले अर्को एआई कम्पनीको ‘हगिङ फेस’मा ह्याक गरेको थियो ।

घटनापछि ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले शक्तिशाली एआई प्रणालीको क्षमता तीव्र रूपमा बढिरहेको अवस्थामा त्यसको सुरक्षा र नियन्त्रण पनि त्यही गतिमा बलियो बनाउनुपर्ने बताउनु भएको छ ।

ओपनएआईले नयाँ सुरक्षा प्रणाली विकास गर्न मोडल परीक्षण र केही प्रशिक्षण प्रक्रिया झण्डै २ हप्ताका लागि रोकेको जनाएको छ । यी घटनाले अत्याधुनिक एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको विषयमा विश्वव्यापी बहस थप तीव्र बनाएको छ ।


 

प्रकाशित मिति:
थप विश्व