नेभिगेशन

वीरगन्जमा आज एनभीएलको ट्रफी टुर गराइँदै

काठमाण्डौ – आज वीरगन्जमा नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी टुर हुने भएको छ ।

काठमाण्डौ उपत्यकाबाहिर पहिलो पटक ट्रफी टुर गर्न लागिएको हो । नेपाल भलिबल लिगमा मधेशको प्रतिनिधित्व गर्ने टोली मधेश वारियर्सको समन्वयमा आज वीरगन्जमा र भोलि जनकपुरमा ट्रफी टुर हुन लागेको नेपाल भलिबल संघले जनाएको छ ।

नेपालमै पहिलो पटक हुन लागेको पुरुष फ्रेन्चाइज लिग एनभीएलको ट्रफी यसअघि ऐतिहासिक पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र वसन्तपुर दरबार स्क्वायरमा अनावरण गरिएको थियो ।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्ने एनभीएलको पहिलो संस्करण यही भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरमा रहेको राखेप कभर्डहलमा हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद