नेभिगेशन

भोटेकोशीको माथि नयाँ ताल बनेको पाइयो, सावधानी अपनाउनू : महाशाखा

काठमाण्डाै – हिजो बाढी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर हिजो बाढी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो ।

चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणअनुसार ताल देखिएको हो । ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ ।

महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ ।

चीनको जलस्रोत मन्त्रालयका अनुसार छोछेन खोला र पुरेपु त्साङपो नदीको दाेभान नजिकै एउटा ताल बनेको हो ।

प्रकाशित मिति:
थप समाज