नेभिगेशन
शनिबार, असोज १०, २०८३

फिलिपिन्स फेरि विश्वव्यापी विपद् जोखिम सूचीको शीर्ष स्थानमा

फिलिपिन्स ‘विश्व जोखिम सूचकाङ्क २०२६’ को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद् जोखिम भएको देश बनेको छ ।

फिलिपिन्स ४६.६९ अङ्कसहित विपद् जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकाङ्कले संयुक्त राष्ट्रसङ्घका सबै १९३ सदस्य देशहरूलाई समेटेको थियो । यसमा भारत ४४.९७ अङ्कसहित दोस्रो र इन्डोनेशिया ४४.६३ अङ्ककसहित तेस्रो स्थानमा रहेको छ । यो सूचीमा नेपाल २५.३७ अङ्कसहित १४६औँ स्थानमा छ ।

‘विश्व जोखिम सूचकाङ्क’ ले विपद्को जोखिमलाई कुनै पनि देश प्राकृतिक जोखिमको कति सम्पर्कमा छ र त्यसको सामाजिक संवेदनशीलता कस्तो छ भन्ने दुई मुख्य आधारमा मूल्याङ्कन गर्छ । यसमा विपद्को सामना गर्ने तथा त्यसमा अभ्यस्त हुने क्षमतासमेत समावेश हुन्छ ।

भौगोलिक अवस्थितिका कारण फिलिपिन्स निरन्तर रूपमा विपद्को उच्च जोखिममा रहेका देशहरूमध्ये पर्दै आएको छ ।

प्रशान्त महासागरीय ‘रिङ अफ फायर’ मा रहेकाले फिलिपिन्स भूकम्प र ज्वालामुखी गतिविधिका दृष्टिले जोखिमपूर्ण अवस्थामा छ । पश्चिमी प्रशान्त क्षेत्रमा यसको अवस्थितिका कारण यहाँ बारम्बार उष्णकटिबन्धीय चक्रवात, ठूलो वर्षा, बाढी र पहिरोको जोखिम रहन्छ ।

प्रकाशित मिति:
थप विश्व