नेभिगेशन
शनिबार, असोज १०, २०८३

‘स्ट्रेट अफ हर्मुज’ खोल्न अमेरिकासमक्ष इरानको ७ दिने नयाँ प्रस्ताव

इरानले मध्यपूर्वमा चलिरहेको द्वन्द्व अन्त्य गरी हर्मुज जलमार्ग खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरु गर्न अमेरिकासमक्ष नयाँ प्रस्ताव अघि सारेको छ ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीका अनुसार इरानले अमेरिकालाई एक हप्ताभित्र स्ट्रेट अफ हर्मुज खोल्ने प्रस्ताव गरेको हो । न्युयोर्कमा पत्रकारसँगको कुराकानीमा अराघचीले आवश्यक सर्तहरू पूरा भएमा मात्रै स्ट्रेट अफ हर्मुज खोल्ने सकिने बताउनुभएको छ ।

उहाँकाअनुसार ती सर्तहरू गएको जुन महिनामा हस्ताक्षर गरिएको समझदारी पत्र (एमओयू) मा समावेश छन् । यो योजना कतारमार्फत अमेरिकालाई बुझाइएको जानकारी दिँदै अराघचीले अब विकल्प अमेरिकाको हातमा रहेको बताएको बीबीसीले जनाएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अटेर गरेमा ध्वस्त पार्ने चेतावनी समेत दिनुभएको थियो ।

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयूक्तरुपमा आक्रमण शुरु गरेका थिए । त्यसको जवाफमा इरानले पनि खाडीमा रहेका इजरायली र अमेरिकी अखडाका साथै अमेरिकाका अरब खाडीका सहयोगी देशहरुमाथि आक्रमण गर्नुका साथै स्ट्रेट अफ हर्मुज बन्द गर्दै आएको छ ।

प्रकाशित मिति:
थप विश्व