नेभिगेशन
शनिबार, असोज १०, २०८३

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिको आह्वान

काठमाण्डौ – संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ ।

आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो ।

इच्छुक व्यक्तिले १० दिनभित्र सङ्घीय संसद् सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रीतपूर्वक उजुरी दर्ता गराउन सक्नेछन् । सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरबशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई सिफारिस गरेको छ ।

त्यसै गरी इजरायल, स्पेन, जापान, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलङ्का र साउदी अरेबियाका लागिसमेत राजदूत सिफारिस भएका छन् ।

प्राप्त उजुरीमाथि छानबिन र संसदीय सुनुवाइ पूरा भएपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्ने छ। 

प्रकाशित मिति:
थप राजनीति