नेभिगेशन
शनिबार, असोज १०, २०८३

जीडीआईमार्फत विकासशील देशको विकासलाई तीव्र बनाउन नेपालको जोड

काठमाण्डौ - नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ (जीडीआई) सम्बन्धी उच्चस्तरीय बैठकमा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील देशहरूको आर्थिक आवश्यकता, जलवायु आपत्काल र ऋणको दबाबका बीच अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सार्नुभएको जीडीआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो ।

जीडीआईको 'ग्रुप अफ फ्रेन्ड्स’मा सहभागी भइसकेको नेपालका लागि गरिबी न्यूनीकरण, कृषि, नवीकरणीय ऊर्जा, पूर्वाधार र डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाइ थियो । 

प्रकाशित मिति:
थप राजनीति