नेभिगेशन
बुधबार, असोज २१, २०८३

एनपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ्ने क्यानको विश्वास

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि काठमाण्डौ कीर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरु हुन झण्डै तीन हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो ।

दशैँसम्म सबै तयारी पूरा गर्ने क्यानले जनाएको छ । विगत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढाउने, प्रवेशद्वार तथा आवतजावत व्यवस्थित गर्ने र शौचालय तथा धुलोको समस्या समाधान गर्ने तयारी गरिएको क्यानले जनाएको हो ।

मुख्यपर्व दशैँ–तिहारकाबीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो ‘फ्यान बेस’ का कारण दर्शक उत्साहमा कमी नआउने क्यानको विश्वास छ । विदेशी चर्चित खेलाडीको सहभागिताले एनपीएलप्रति आकर्षण थप बढ्ने अपेक्षा गरिएको (क्यान) का सचिव खड्काले बताउनु भयो ।

एनपीएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

प्रकाशित मिति:
थप खेलकुद