नेभिगेशन
मंगलबार, असोज २७, २०८३

दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई ८२ रनले हरायो

पाकिस्तानले श्रीलंकालाई दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८२ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै पाकिस्तानले तीन खेलको शृंखला एक खेल अगावै २–० ले आफ्नो पक्षमा पारेको छ ।

रावलपिन्डीमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय १५ रन बनाएको थियो । पाकिस्तानका माज सदाकतले ५१ बलमा ९६ रनको आक्रामक इनिङ्स खेले ।

यस्तै, कप्तान साहिबजादा फरहानले ४४ बलमा ७३ रन बनाएपछि पाकिस्तानले विशाल योगफल तयार पारेको थियो । जवाफमा दुई सय १६ रनको लक्ष्य पछ्याएको श्रीलंका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३३ रनमा समेटियो ।

श्रीलंकाका ब्याटरले पाकिस्तानी बलरसामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले तीन विकेट लिए । यस जितसँगै पाकिस्तानले तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला आफ्नो नाममा गरेको छ ।

अब दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ । 

प्रकाशित मिति:
थप खेलकुद