नेभिगेशन
मंगलबार, असोज २७, २०८३

महिला फुटबल खेलाडी चाँडै अवकाश लिन बाध्य हुँदै : फिफप्राे प्रतिवेदन

महिला फुटबल अर्बाैँ डलरको उद्योग बन्ने दिशामा अघि बढिरहे पनि धेरै व्यावसायिक खेलाडीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक भएको छ ।

खेलाडीहरूको सङ्घ ‘फिफप्रो’ ले ८०० जनाभन्दा धेरै फुटबल खेलाडीमाझ गरेको विश्वव्यापी संरक्षणको नतिजाले यो खुलासा गरेको बीबीसीले जनाएको छ ।

सर्वेक्षणमा सहभागी झन्डै ४९ प्रतिशत खेलाडीले आफूहरू याेजनाभन्दा अगाडि नै फुटबलबाट बिदा लिनेबारे साेचिरहेकाे बताएका छन् । तीमध्ये ५९ प्रतिशतले आर्थिक कारण र ४६ प्रतिशतले मानसिक तनावलाई यसकाे कारणका रूपमा उल्लेख गरे ।

‘फिफप्रो’ मा महिला फुटबल प्रमुख एलेक्स कल्भिनले बढ्दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाडीहरू दबावमा रहेका बताइन् ।

महिला खेलकुदको विश्वव्यापी आम्दानी सन् २०२४ मा झन्डै ५८१ मिलियन अमेरिकी डलरबाट बढेर सन् २०२७ सम्ममा १ अर्ब डलरभन्दा धेरै पुग्ने अनुमान छ ।

प्रकाशित मिति:
थप खेलकुद