नेभिगेशन
मंगलबार, असोज २७, २०८३

पाकिस्तानले ‘प्रेसिडेन्ट्स ट्रफी’ का खेलहरू पेशावर र एबटाबादबाट अन्यत्र सार्‍याे

काठमाण्डौ – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले खैबर पख्तुनख्वा प्रान्तका पेशावर र एबटाबाद चलिरहेको प्रथम श्रेणीको प्रतियोगिता ‘प्रेसिडेन्ट्स ट्रफी’ का खेलहरू अन्यत्र सारेको छ ।

खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक उथलपुथलपछि सङ्घीय सरकारले सङ्कटकाल घोषणा गरी गभर्नरको शासन लागू गरेपछि पीसीबीले यो निर्णय लिएको हो ।

प्रतियोगिताअन्तर्गत इस्लामाबाद र रावलपिन्डीमा हुने खेलहरू निर्धारित तालिकाअनुसारै सञ्चालन हुने भए पनि पेशावरको इमरान खान रङ्गशाला र एबटाबाद क्रिकेट रङ्गशालामा तय गरिएका खेलहरूको तालिका परिवर्तन गरिएको छ ।

अब यी खेलहरू पर्सि बुधवारदेखि शेखपुरामा रहेको नाभिद एकेडेमी र लाहोरको गद्दाफी स्टेडियमसँगै जोडिएको एलसीसीएमा हुनेछन् ।

‘प्रेसिडेन्ट्स ट्रफी’ को लिग चरण ’राउन्ड–रोबिन’ मा सञ्चालन भइरहेको छ जसमा आठ वटै टोलीले एकअर्कासँग खेल्नेछन् । प्रतियोगिताका शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।  

प्रकाशित मिति:
थप खेलकुद