नेभिगेशन
मंगलबार, असोज २७, २०८३

चालु आर्थिक वर्षमा सरकारले ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गर्ने

काठमाण्डौ – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ ।

धान खरिद गर्न ६७ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ ।

कृषि मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० र मोटा मध्यम धानको प्रतिक्विन्टल तीन हजार ८६० रुपैयाँ तोकिएको छ ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने सचिवालयले जनाएको छ ।  

प्रकाशित मिति:
थप राजनीति